Article

Back to Article

नेपाल पत्रकार संघको १९औं महाधिवेशन (साधारण सभा) सम्पन्न सभापति पदमा मञ्जु रत्न शाक्य निर्विरोध

02 May, 2012


नेपाल पत्रकार संघको १९औं महाधिवेशन (साधारण सभा) सम्पन्न

सभापति पदमा मञ्जु रत्न शाक्य निर्विरोध निर्वाचित

काठमाडौं ÷ नेपाल पत्रकार संघको १९औं महाधिवेशन (साधारण सभा) वरिष्ठ राजनीतिज्ञ तथा पूर्व पर्यटन तथा नागरिक उडड्यन मंत्री सलिम मिया अन्सारीको अध्यक्षतामा यही असोज १० गते होटल एम्बेसडरमा सम्पन्न भयो । संघको १९औं महाधिवेशनले संघका वर्तमान सभापति मञ्जु रत्न शाक्यलाई नेपाल पत्रकार संघको सभापति पदमा संघको विधान अनुसार पुनः पांच वर्षका लागि सर्व सम्मतिबाट निर्वाचित गरेको छ ।

       सो सभामा संघका महासचिव निर्मल कुमार अर्यालद्धारा प्रतिवेदन पेश गर्नु भयो ।

       सो अवसरमा नव निर्वाचित सभापति शाक्यले नेपाली पत्रकारिताको विकासका लागि आफू अझै सक्रिय भई  कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  

       यसैगरी पूर्वमन्त्री सलिम मिया अन्सारीले वर्तमान अवस्थामा नेपाली संचार माध्यमले भोग्दै आएको कठिनाईलाई ध्यानमा राखी निष्पक्ष र स्वतन्त्र पत्रकारिताका लागि योगदान गर्न पत्रकारहरुसँग आग्रह गर्नु भयो ।

यस्तै, संघका कोषाध्यक्ष प्रकाश मास्केले नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्थाबाट रजिष्टर्ड प्राप्त रजिष्टर्ड लेखापरीक्षक श्री एम.डी.अग्रवालद्धारा नेपाल पत्रकार संघको मिति १ वैशाख २०६५ देखि ३१ चैत्र २०६५ सम्म, मिति १ वैशाख २०६६ देखि ३२ आषाढ २०६७ सम्म र मिति १ श्रावण २०६७ देखि ३२ आषाढ २०६८ सम्मको आम्दानी खर्च विवरणहरु, वासलातहरु तथा लेखापरीक्षकको प्रतिवेदनहरु पे्श गर्नु भयो ।      सो आम्दानी खर्च विवरणहरु, वासलातहरु तथा लेखापरीक्षकको प्रतिवेदनहरु उपर विस्तृत छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ ।

सो महाधिवेशनले संघको विधानका केही दफाहरुमा थपघट र संशोधन ग¥यो ।

सो महाधिवेशनले नेपालको दिगो शान्ति र राजनैतिक स्थिरता कायम हुने विश्वास गर्दै वर्तमान सरकारबाट पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने अपेक्षा गर्नुका साथै बिना भेदभाव देशभरका पत्रपत्रिकाहरुलाई सूचना विभाग मार्फत वितरण हुंदै आएको लोक कल्याणकारी विज्ञापन रकममा दोब्बर वृद्धि गर्न माग ग¥यो । साथै, प्रेस काउन्सिलले हरेक वर्ष गर्दै आएको पत्र–पत्रिकाहरुको पक्षपातपूर्ण वर्गीकरण प्रणाली तुरुन्त बन्द गर्न र  देश भरका पत्र–पत्रिकाहरुलाई विना भेदभाव सम्मान रुपमा विभिन्न सुविधाहरु दिन माग ग¥यो ।