Article

Back to Article

नेपाल पत्रकार संघको १९औं महाधिवेशन (साधारण सभा) बारे सूचना

03 May, 2012

नेपाल पत्रकार संघको १९औं महाधिवेशन (साधारण सभा) संघको आज मिति ८ श्रावण २०६८ मा बसेको का.स.को बैठकको निर्णय अनुसार यहि २०६८ साल आश्विन १० गते  मंगलबारका  दिन  निम्न  कार्यक्रम  अनुसार हुने भएको सूचना सहर्ष  जानकारी

गराउंदछु । 

संघको १९औं महाधिवेशन (साधारण सभा)मा सहभागी हुन संघको सदस्यता नवीकरण समय भित्र गर्न हुन र सो सदस्यता नवीकरण गरेको प्रमाण सहित उपस्थित हुन सवैलाई सूचित गरिन्छ ।

 

(१) प्रथम कार्यक्रम ः

    स्थान ः होटल एम्बेसडर

    समय ः बिहान ९ बजे

    मिति ः १० आश्विन २०६८, मंगलबार

(क) उद्घाटन समारोह

(ख) महासचिवको प्रतिवेदनमाथि छलफल

(ग) कोषाध्यक्षबाट मिति १ वैशाख २०६५ देखि ३१ चैत्र २०६५ सम्म, मिति १ वैशाख

    २०६६ देखि ३२ आषाढ २०६७ सम्म र मिति १ श्रावण २०६७ देखि ३२ आषाढ २०६८

    सम्मको आम्दानी खर्च विवरणहरु, वासलातहरु तथा लेखापरीक्षकको प्रतिवेदनहरु पेश

    गर्ने र छलफल गर्ने ।

(घ) सभापतिको निर्वाचन र मन्तव्य

(ङ) चियापान

(२) दोश्रो कार्यक्रम ः

    समय ः दिनको १ वजे

    स्थान ः हिमालयन थकाली भान्छाघर, ज्याठा

    मिति ः  १० आश्विन २०६८, मंगलबार

(क) निर्वाचित सभापतिबाट का.स. को गठन

(ख) विभिन्न वक्ताहरुबाट मन्तव्य

(ग) विविध

(घ) दिवाभोज

 

फोन नं.  ४३०२०१५, ४२६२४२६                                     महा–सचिव

नेपाल पत्रकार संघ