Article

Back to Article

नेपसंघको नयां कार्यसमिति गठन

03 May, 2012

नेपसंघको नयां कार्यसमिति गठन

काठमाडौं ÷ नेपाल पत्रकार संघका नव निर्वाचित सभापति मञ्जु रत्न शाक्यले संघको कार्य समिति गठन गर्नु भएको छ । जस अनुसार संघको कार्य समितिको महा–सचिवमा निर्मल कुमार अर्याल, सचिवमा सुदर्शन पन्त, जनसम्पर्क सचिवमा मोहन वीर थापा र कोषाध्यक्षमा प्रकाश मास्के रहनु भएको छ । यस्तै, संघको केन्द्रीय सदस्यहरुमा राधा शर्मा, केशव कार्की र भिम प्रसाद श्रेष्ठ चयन गरिएको कुरा सो संघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्य समितिमा अन्य सदस्यहरु पछि छनौट गरिने बताइएको छ । संघको १९औंमहाधिवेशन
(साधारणसभा) असोज १० गते सम्पन्न भएपछि नव निर्वाचित संघका सभापति मञ्जु रत्न शाक्यले संघको विधान अनुसार नयां कार्य समितिको गठन गर्नु भएको हो ।