News

Back to News

नेपसंघले कोरियाली जनताका महान नेतालाई सम्मान गन

13 December, 2011

नेपसंघले कोरियाली जनताका महान नेतालाई सम्मान गन

काठमाडौं, २० बैशाख ०६५ ÷ विशेष सोन्गुन ९क्यलनगल० नीतिले गर्दा प्रजग कोरिया एशिया र विश्वका विभिन्न महादेशमा चर्चित छ ।

समाजवादी किल्लाको रूपमा ख्याती आर्जन गरेको प्रजग कोरियामा भएको प्रगति अन्य देशका लागि पनि अनुकरणीय छ । प्रगतिशील शक्तिको बलियो एवं विकासको आधार स्तम्भ मानिने प्रजग कोरियाको रक्षामा समर्पित महान नेताको योगदानलाई कोरियाली जनताले सधै“ सम्झी रहेका छन् ।

यस्तै कोरिया लगायत विश्वका प्रगतिशील जनताको उत्तरोत्तर प्रगति र विकासका लागि महत्वपूर्ण योगदान दिंदै आए वापत कोरिया श्रमिक पार्टीका महा–सचिव, प्रजग कोरियाका सुरक्षा समितिका अध्यक्ष, कोरियाली जनसेनाका सुप्रिम कमाण्डर तथा कोरियाली जनताका महान नेता किम जोङ इललाई “नेपाल अन्तर्राष्ट्रिय शान्ति पुरस्कार”द्वारा नेपाल पत्रकार संघले सम्मान गर्ने भएको छ ।

नेपाल पत्रकार संघको १८औं महाधिवेशनको अवसरमा नव निर्वाचित संघका सभापति मञ्जु रत्न शाक्यले सो घोषणा गर्नु भएको हो ।

नेपाल पत्रकार संघद्वारा प्रत्येक तीन वर्षमा दिइने सो सम्मान यस वर्ष कोरियाली जनताका महान नेता कामरेड किम जोङ इललाई दिइएको हो ।

स्मरणीय छ, प्रजग कोरियाली जनताका राष्ट्रपति किम इल सुङ, किम जोङ सुक तथा महान नेता किम जोङ इल नेपाल पत्रकार संघका अवैतनिक मानार्थ सदस्य हुनु हुन्छ ।