News

Back to News

महान् नेता किम जोङ इललाई नोवेल शान्ति पुरस्कार प्रदान गर्न आग्रह

20 December, 2011

ेमहान् नेता किम जोङ इललाई
नोवेल शान्ति पुरस्कार प्रदान गर्न आग्रह

काठमाडौं ÷ समस्त कोरियाली जनताका महान् नेता महामहिम किम जोङ इलले संसारको जटिलतम परिस्थितिमा शान्ति र स्थिरताका साथै विश्वमा शान्ति कायम राख्न आफ्नो ठाउ“बाट पु¥याउ“दै आउनु भएको योगदानका कदर गर्दै उहा“लाई नोवेल शान्ति पुरस्कार प्रदान गर्न नेपाल पत्रकार संघले सिफारिश सहित सम्बद्ध निकायमा सुझाव दिएको छ ।
कोरियाको आणविक कार्यक्रम युद्धका लागि नभई युद्ध गर्नेलाई रोक्न सन्तुलनका निम्ति भएको र विकट परिस्थितिमा पनि कोरियालाई सही मार्गमा डो¥याउन महान नेता

किम जोङ इल सफल हुनुभएकोमा उहा“ नोवेल शान्ति पुरस्कारका निम्ति योग्य व्यक्ति भएको नेपाल पत्रकार संघको ठहर छ । अतः संघले महान् नेता किम जोड इललाई नोवेल शान्ति पुरस्कारबाट सम्मानित गर्न आग्रह गरेको जनाएको छ । कोरियाली महान् नेता पुरस्कृत भएमा भविष्यमा विश्व शान्ति, स्थिरता र संसारका सबै देशका जनताको बा“च्न पाउने अधिकारको संरक्षणमा थप योगदान पु¥याउन प्रेरणा प्राप्त हुने आशा पनि गर्न सकिने कुरा नेपाल पत्रकार संघले विश्वास व्यक्त गरेको छ ।

यस्तै, कोरियाली जनताका महान् नेता महामहिम किम जोङ इलले विश्व शान्तिका लागि योगदान पु¥याउ“दै आउनु भएको हु“दा उहा“लाई नेपाल पत्रकार संघद्वारा सन् २००९ को “शान्ति पुरस्कार” प्रदान गरी स–सम्मान गर्ने निर्णय ग¥यो ।

नव वर्ष २०१० को सुखद् उपलक्ष्यमा नेपाल पत्रकार संघको बसेको विशेष वैठकले उक्त निर्णयहरू गरेको हो । संघका सभापति मञ्जु रत्न शाक्यको अध्यक्षतामा बसेको सो वैठकमा वरिष्ठ पत्रकारहरूका साथै मोफसलबाट आउनु भएका पत्रकारहरूको समेत राम्रो उपस्थिति थियो ।