News

Back to News

नेपाल पत्रकार संघको टोली प्र.ज.ग. कोरियाको भ्रमणमा जाने

27 December, 2011

नेपाल पत्रकार संघको टोली प्र.ज.ग. कोरियाको भ्रमणमा जाने

काठमाडौं ः नेपाल पत्रकार संघको ५ सदस्यीय उच्चस्तरिय नेपाली पत्रकार प्रतिनिधिमण्डल यही अगष्ट महिनाको अन्तिम सातातिर प्र.ज.ग. कोरियाको भ्रमणमा जाने भएको छ ।

प्र.ज.ग. कोरिया सरकारको औपचारिक तथा मैत्रीपूर्ण निमन्त्रणामा जाने सो नेपाली पत्रकार प्रतिनिधिण्डलको नेतृत्व नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्यले गर्नु हुनेछ ।

सो प्रतिनिधिमण्डलले कोरियाको प्योङ्गयाङ्गमा कोरियाली जनताका महान नेता महामहिम किम जोङ्ग इललाई नेपाल पत्रकार संघद्घारा उहांको सम्मानमा संघद्घारा स्थापित “नेपाल अन्तर्राष्ट्रिय शान्ति पुरस्कार” द्घारा सम्मान गर्नु हुनेछ । कोरिया लगायत विश्वका प्रगतिशील जनताको उत्तरोत्तर प्रगति र विकासका लागि महत्वपूर्ण योगदान दिदैं आए वापत कोरिया श्रमिक पार्टीका महा–सचिव, प्र.ज.ग. कोरियाका सुरक्षा समितिका अध्यक्ष, कोरियाली जनसेनाका सुप्रिम कमाण्डर तथा कोरियाली जनताका महान नेता महामहिम किम जोङ्ग इललाई सो पुरस्कारद्घारा सम्मान गर्न लागेको हो ।

सो प्रतिनिधिमण्डलले कोरियामा रहंदा विभिन्न विशिष्ट व्यक्तिहरुसित भेटघाट गर्नुका साथै विभिन्न स्थानहरुको भ्रमण गर्नु हुनेछ ।

मित्र राष्ट्र प्र.ज.ग. कोरियाको स्थापना दिवसको उपलक्ष्यमा सेप्टेम्बर ९ तारिखका दिन हुने वृहत राष्ट्रिय कार्यक्रमहरुमा पनि उक्त प्रतिनिधिमण्डलले भाग लिने बताइएको छ ।

स्मरणीय छ, कोरियाली जनताका महान नेता महामहिम कामरेड किम जोङ्ग इल नेपाल पत्रकार संघका मानार्थ विशेष सदस्य हुनु हुन्छ । यस्तै नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्य तथा उहांकी श्रीमतीले कोरियाली जनताका महान नेता राष्ट्रपति किम इल सुङ्गसित १९ जून १९७९ मा प्योङ्गयाङ्गमा प्रत्यक्ष भेटघाट सहित अन्र्तवार्ता लिनु भएको थियो ।