News

Back to News

कोरियाका राष्ट्रपतिसित पत्रकार संघका सभापतिको शिष्टाचार भेट सभापति शाक्य पदकद्धारा विभूषित

14 December, 2011

कोरियाका राष्ट्रपतिसित पत्रकार संघका सभापतिको शिष्टाचार भेट सभापति शाक्य पदकद्धारा विभूषित

काठमाडौं ÷ प्र.ज.ग कोरिया सरकारको औपचारिक भ्रमणमा कोरिया गएको नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्य तथा उहांकी श्रीमती शुभ लक्ष्मी शाक्यले प्र.ज.ग. कोरियाका राष्ट्रपति महामहिम किम यो¨ नामसित मानसुदे सभा हलमा ८ सेप्टेम्बर २००८ अपरान्ह २ बजे शिष्टाचार भेटघाट गर्नुभयो ।

यस्तै, कोरिया स्थापना भएको ६० औं बार्षिकोत्सवको उपलक्ष्यमा मानसुदे सभा हलमा ९ सेप्टेम्बर २००८ मा कोरियाका राष्ट्रपति महामहिम किम यो¨ नामद्धारा आयोजित भव्य रात्री भोजमा उहांहरु सम्मिलित हुनुभयो ।

यसैगरी संघद्धारा कोरियाका महान नेता किम जो¨ इललाई सम्मानपूर्वक दिइएको “नेपाल अन्तर्राष्ट्रिय शान्ति पुरस्कार” एक विशेष समारोहका बिच मानसुदे सभा हलमा कोरियाका उपराष्ट्रपति महामहिम या¨ हो¨ सोपलाई संघका सभापति शाक्यले हस्तान्तरण गर्नुभयो ।

काठमाडौंमा १६  बैशाख २०६५ मा सम्पन्न संघको १८ औं महाधिवेशनले उक्त शान्ति पुरस्कार महामहिम महान नेता किम जो¨ इललाई सर्वसम्मतिबाट प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरि कोरियाका उपराष्ट्रपति महामहिम या¨ हो¨ सोपद्धारा सोही दिन आयोजित एक अर्को विशेष समारोहमा संघका सभापति श्री शाक्यलाई मानसुदे सभा हलमा कोरियाको उच्च तक्माद्धारा विभूषित गरिएको थियो ।

कोरियाली सरकारद्धारा दोस्रो पटक विभूषित हुनु हुने सभापति श्री शाक्य प्रथम नेपाली हुनुहुन्छ । यस अघि सभापति शाक्य कोरियाली सरकारद्धारा १७ फेब्रुअरी २००७ मा प्यो¨या¨मा पहिलो तक्माद्वारा विभूषित हुनु भएको थियो ।

नेपाल र प्र.ज.ग. कोरियाबिच मैत्री सम्बन्धमा निरन्तर उल्लेखनीय योगदान दिदै आउनु भएकोले सभापति श्री शाक्यलाई कोरियाली सरकारले दोस्रो पटक विभूषित गर्नु भएको हो ।