Skip to content
Nepal journalists Association (NJA) Nepal journalists Association (NJA)

  • Home
  • Profile
    • About Us
    • Executive Committee
  • Membership
  • Constitution
  • Activities
  • Exchange Visit
  • Affiliation
  • News
  • Article
  • Photo Gallery
  • Contact
Nepal journalists Association (NJA)
Nepal journalists Association (NJA)

पत्रपत्रिकालाई सघाउन पत्रकार संघको आग्रह

NJA Desk, May 3, 2012

पत्रपत्रिकालाई सघाउन पत्रकार संघको आग्रह

काठमाडौं ÷ पत्र–पत्रिकाको वर्गीकरणको सिलसिलामा प्रेस काउन्सिलका केही सम्मानित व्यक्तित्वहरूले पत्रपत्रिका छाप्ने प्रेसहरूमा राती–राती विना सूचना गै पत्रिका छाप्ने संख्याको प्रतिको सोधपूछ गर्न लागेकोमा नेपाल पत्रकार संघका सभापतिले आपत्ति प्रकट गर्नु भएको छ ।

प्रत्येक वर्ष पत्रिकाहरूको वर्गीकरणका लागि प्रेस काउन्सिल–द्वारा वितरित फर्ममा पत्र–पत्रिका छाप्ने संख्या, वितरण आदि उल्लेख गरिएको र त्यसमा महालेखा परीक्षकद्वारा प्रमणित रजिष्टार्ड लेखा परीक्षकद्वारा प्रमाणित गरेको त्यसमाथि विश्वास नगरी प्रेस काउन्सिलका सम्मानित व्यक्तित्वहरूले पदीय मर्यादा विपरीत राती–राती छापाखानाहरूमा जवर्जस्ती पसी पत्रपत्रिका छाप्ने प्रतिको छापाखानामा काम गर्ने कर्मचारीहरूबाट पत्रिका छाप्ने संख्या लेखाइंदै आएकोमा सभापति शाक्यले विरोध गर्नु भएको छ ।

पत्र पत्रिकाका सम्बन्धमा यथार्थ विवरण थाहा नहुने कर्मचारीस“ग पनि अपरझट छाप्ने संख्याका बारेमा आफूखुशी भन्न लगाएर दवाव दिनु ठीक नभएको प्रेसमा संलग्न कर्मचारीहरूको भनाई छ ।

नेपालमा लोकतन्त्रको स्थापना भएको समयमा स्वतन्त्र प्रेसको नारा दिने देशमा यसरी पत्र–पत्रिकाहरू छाप्ने छापाखानामा काउन्सिलद्वारा वितरित फर्ममा उल्लेख गरी भरे अनुसारको तथ्यांकलाई विश्वास नगर्नु स्वतन्त्र पत्रपत्रिकारितामाथि ठूलो आघात भएको कुरा बताउनु हु“दै सभापति शाक्यले प्रत्येक वर्ष पत्र–पत्रिकाको वर्गीकरण गर्ने प्रथा तुरुन्त खारेज गर्न मांग गर्नु भएको छ ।

देशको विग्र“दो आर्थिक अवस्थ तथा लोडसेडिंगको बाबजूद पनि नियमित रुपमा पत्र–पत्रिकाको प्रकाशन गर्न कठिनाई भोगिरहेका पत्र–पत्रिकाहरूले नियमित रुपमा आफ्ना प्रकाशन प्रकाशित गर्दै आएकोमा ध्यान दिन पनि सम्बन्धित निकायलाई उहा“ले आग्रह गर्नु भएको छ ।

स्वतन्त्र प्रेसको नारा दिएर पत्र–पत्रिकामाथि छूरा रोप्ने कार्य कदापि गर्न नहुने तर्फ सचेत गराउ“दै सभापति शाक्यले देशभर नियमित रुपमा प्रकाशित भैरहेको पत्र–पत्रिकाहरूलाई प्रेस काउन्सिलद्वारा वर्गीकरणमा घटुवा गर्न नहुने कुरा बताउनु हु“दै सभापति शाक्यले यसरी पत्र–पत्रिकाको वर्गीकरणमा मनोमानी र पक्षपात तरिकाले नगर्न पनि सुझाव दिनु भएको छ ।

यस्तै, सभापति शाक्यले देशभरबाट नियमति रुपमा प्रकाशित भैरहेका सबै पत्र–पत्रिकाहरूलाई यस वर्षदेखि महंगीको अनुपातमा वर्गीकरणमा एक एक तह बृद्धि गर्न मांग गर्नु भएको छ ।

यस्तै, पत्र–पत्रिकाहरूले पान नम्वर लिई हर हिसाव बर्षै पिच्छे प्रेस काउन्सिलमा पेश गर्नु पर्ने नियम बनाउनु पर्नेमा पनि जोड दिनु भएको छ ।

यसैगरी सभापति शाक्यले पत्र–पत्रिकाहरूलाई लोक कल्याणकारी विज्ञापनमा ७५∞ वृद्धिगराइएकोमा सरकारलाई धन्यवाद दिनु भएको छ ।

देशभरका पत्र–पत्रिकाहरूको विकासलाई अझ बढी सुविधा दिन पनि अनुरोध गर्नु भएको छ ।

महान नेता किम इल सुङको १००औं जन्म जयन्ती मनाउन तयारी समितिको गठन
काठमाडौं ÷ प्र.ज.ग. कोरियाका महान नेता राष्ट्रपति किम इल सुङको १००औं जन्म जयन्ती (१४ अप्रिल २०१२) नेपालभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

यसै सिलसिलामा समस्त कोरियाली जनताका प्रिय नेता तथा विश्वका प्रगतिशील जनताका पूजनीय नेता किम इल सुङको १००औं जन्म जयन्ती मनाउन ९ सदस्यीय नेपाल राष्ट्रिय जन्म जयन्ती समारोह तयारी समिति गठन भएको छ ।

नेकपा मालेका महासचिव तथा सांसद सी.पी. मैनालीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा प्रा. मानिक लाल श्रेष्ठ रहनु भएको छ ।

यसैगरी सो भव्य तयारी समितिको महा सचिवमा मञ्जु रत्न शाक्य रहनु भएको छ भने सचिवमा फणिन्द्रराज पन्त हुनु हुन्छ ।

यसैगरी सदस्यहरूमा निलवीर सिंह कंसाकार, प्रेम सुवास काजी श्रेष्ठ, रामकृष्ण कर्माचार्य र वी.के. नेवा हुनु हुन्छ ।
गत साता १० जुलाई २००९ शनिवारका दिन एक भव्य समारोहका बीच गठन भएको सो तयारी समितिले एक अपिल प्रकाशित गरी राष्ट्रपति किम इल सुङको १००औं जन्म जयन्ती भव्य रूपमा मनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । सो समितिको गठन हु“दा प्र.ज.ग. कोरियाका मिनीष्टर काउन्सिलर रिम चा“ग छ्वयलको पनि उपस्थिति थियो ।
उक्त समितिको महासचिवमा रहनु भएमा शाक्य नेपाल पत्रकार संघका सभापति, नेपाल कोरिया मैत्री संघका प्रथम उपाध्यक्ष तथा अर्पण साप्ताहिकका प्रधान सम्पादक पनि हुनु हुन्छ ।

स्मरणीय छ, सभापति शाक्यले महान नेता राष्ट्रपति किम इल सुङसित १९ जुन १९७९ मा प्योङयाङमा भेटघाट गर्नुका साथै अन्तर्वार्ता पनि लिनु भएको थियो ।

News

Post navigation

Previous post
Next post

Recent Article

  • May 16, 2020 The Great Juche Idea & Songun Policy
  • March 14, 2020 On the occasion of Pakistan National Day (23rd March 2020)
  • October 11, 2019 Nepal-China Relations: Cordial and Exemplary:
  • March 16, 2019 Medical Camp boosts Nepal-Pakistan ties
  • September 26, 2017 Nepal-China ties going strength to strength
  • May 5, 2017 Speech of Dr. Manju Ratna Sakya at Pyongyang
  • March 25, 2017 On the occasion of Pakistan Day ( 23rd March 2017)
  • December 22, 2016 On the auspicious occasion of the 69th Anniversary of the Independence Day of the Republic of the Union of Myanmar Myanmar: A Lovely and Beautiful Country
©2025 Nepal journalists Association (NJA) | WordPress Theme by SuperbThemes