Skip to content
Nepal journalists Association (NJA) Nepal journalists Association (NJA)

  • Home
  • Profile
    • About Us
    • Executive Committee
  • Membership
  • Constitution
  • Activities
  • Exchange Visit
  • Affiliation
  • News
  • Article
  • Photo Gallery
  • Contact
Nepal journalists Association (NJA)
Nepal journalists Association (NJA)

कोरियाका राष्ट्रपति र उपराष्ट्रपतिसित सभापति शाक्यको भेट

NJA Desk, May 3, 2012

कोरियाका राष्ट्रपति र उपराष्ट्रपतिसित सभापति शाक्यको भेट
काठमाडौं ÷ प्र.ज.ग. कोरियाका सर्वोच्च जनसभाका अध्यक्षमण्डलका राष्ट्रपति महामहिम किम योङ नाम ९ज्।भ्। ःच। प्ष्m थ्यलन ल्बm० सित मित्र राष्ट्र कोरियाको मैत्रीपूर्ण औपचारिक भ्रमणमा नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्यको नेतृत्वमा गाएको उच्चस्तरीय नेपाली पत्रकार प्रतिनिधिमण्डलले प्योङयाङको मानसुदे सभा हलमा शिष्टाचार भेट गर्नु भयो । प्योङयाङको सरकारी भवनमा १० अक्टोवर २०१० आईतबारका दिन अपरान्ह २ बजे भएको भेटपछि राष्ट्रपति किमले सभापति शाक्य र श्रीमती शाक्य सहित अन्य व्यक्तिहरूसित सामुहिक फोटो खिच्नु भयो ।
प्र.ज.ग. कोरियाका महान नेता किम जोङ इल पछि कोरियाको दोश्रो व्यक्तिमा राष्ट्रपति किम योङ नाम हुनुहुन्छ । राष्ट्रपति किम योङ नामले नै विदेशी राजदूतहरूबाट प्रस्तुत गरिने ओहदाको प्रमाणपत्रहरू ग्रहण गर्नु हुन्छ ।
यस्तै, सभापति तथा श्रीमती शाक्यले कोरियाली जनसभाका अध्यक्ष मण्डलका उपराष्ट्रपति महामहिम याङ ह्योङ सोप ९ज्।भ्। ःच। थ्बलन ज्थयलन क्यउ० सित ९ अक्टोवर २०१० शनिवारका दिन प्योङयाङस्थित सरकारी कार्यालयमा शिष्टाचार भेटघाट गर्नु भयो । सोही दिन कोरियाली मजदूर पार्टीको स्थापना भएको ६५औं वर्षगांठको उपलक्ष्यमा विश्वका विभिन्न देशहरूबाट प्योङयाङमा पुग्नु भएका विशिष्ट व्यक्तिहरूको सम्मानमा प्योङयाङको चङ्ग न्यू गूलमा प्र.ज.ग. कोरियाको सरकारका तर्फबाट उपराष्ट्रपति याङ ह्योङ सोपले विशाल रात्रीभोजको आयोजना गर्नु भयो । सो रात्री भोजमा विदेशी पाहुनाहरु मध्ये सभापति शाक्य र श्रीमती शुभ लक्ष्मी शाक्यलाई महामहिम उपराष्ट्रपति याङ ह्योङ सोप रहनु भएको टेबुलसंगै सम्मानपूर्वक राखिएको थियो ।

यस्तै, कोरियाली मजदूर पार्टीको स्थापना भएको ६५औं वर्षगांठको उपलक्ष्यमा १० अक्टोवर २०१० आइतबारका दिन प्योङयाङको किम इल सुङ स्क्वायरमा रक्षा मन्त्रालयद्वारा आयोजित विशाल एवम् भव्य सैनिक परेड र सोही दिन राती ७ः३० बजे किम इल सुङ स्क्वायरमा आयोजित भव्य नृत्य कार्यक्रममा नेपाली पत्रकार प्रतिनिधिमण्डलले भाग लिनु भयो । प्र.ज.ग. कोरियाको सांस्कृतिक मन्त्रालयद्वारा आयोजित उक्त विशाल सांस्कृतिक कार्यक्रममा “समृद्धि हौं, मजदूर पार्टीको युग हो” भन्ने नारा रहेको थियो ।

यसैगरी सभापति शाक्यले प्र.ज.ग. कोरियाको सांस्कृतिक र खेलकूद मन्त्रालयको संयुक्त आयोजनामा ९ अक्टोवर २०१० शनिवार राती ७ः३० बजे प्योङयाङमा आयोजित विशाल ‘आरेराङ’ नामक कार्यक्रममा भाग लिनु भयो ।
उक्त तिनै वटा अति रोचक कार्यक्रमहरू अवलोकन गर्न प्र.ज.ग. कोरियाका महान नेता किम जोङ इल र कोरियाली जनताका युवा नेता जनरल किम जोङ उनको पनि उपस्थिति थियो । सभापति शाक्य र श्रीमती शाक्य सो कार्यक्रमहरूमा महान नेता किम जोङ इल र युवा नेता किम जोङ उन नजिकै हुनु हुन्थ्यो । महान नेता किम जोङ इल र युवा नेता किम जोङ उन हंसिलो अनुहार, स्वस्थ र फुर्तिलो हुनु भएको र समस्त कोरियाली जनताले कोरियाको हालै सम्पन्न अधिवेशनले महान नेता किम जोङ इललाई पार्टीको महासचिवमा पुनः निर्वाचित गर्नुका साथै युवा नेता जनरल किम जोङ उनलाई कोरियाको सैनिक आयोगको उपाध्यक्षमा मनोनयन गरेकोमा समस्त कोरियाली जनता खुशी भएका छन् ।

सभापति शाक्यको नेतृत्वमा गएका उच्च स्तरिय नेपाली पत्रकार टोलीले प्योङयाङमा रहंदा कोरियाली मजदूर पार्टी स्थापना भएको ६५औं वर्षगांठको अवसरमा प्योङयाङ शहरका जनसमितिको आयोजनामा ८ अक्टोवर २०१० शुक्रवारका दिन बेलुका ७ बजे पार्टी स्थापना भएको सालिकमा भव्य बधाई कार्यक्रममा भाग लिनु भयो ।
यस्तै, कोरियाको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीले पिपुल्स प्यालेस अफ कल्चरमा ९ अक्टोवर २०१० शनिवार बिहान जुचे विचारधाराको सामूहिक प्रचवन कार्यक्रममा भाग लिनु भयो । “जुचे विचारधारा अध्ययन गरौं”, “सोङगुन राजनीति” र “कोरियाली मजदूर पार्टीको देन” विषयहरूमा अति ज्ञानवद्र्धक प्रवचन कार्यक्रम भएको थियो ।
प्योङयाङमा रहंदा नेपाली पत्रकार टोलीले प्योङयाङस्थित धागो कारखाना र स्याउ कारखानाको भ्रमण गर्नुका साथै राष्ट्रपति किम इल सुङ जन्मनु भएको पवित्रस्थल ‘म्याङयोङ– डे’ को निरीक्षण गर्नु भएको थियो ।

कोरियाली मजदूर पार्टीको स्थापना भएको ६५औं वर्षगांठको उपलक्ष्यमा कोरियाली सरकारको निमन्त्रणामा करिव एक साताको सफल भ्रमण गरी नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्यको नेतृत्वमा गएको उच्चस्तरीय पत्रकार प्रतिनिधिमण्डलले कोरियाको सफल भ्रमण पछि केही दिन चीनको भ्रमण गरी स्वदेश फक्र्यो ।

स्मरणीय छ, प्र.ज.ग. कोरियाका महान नेता राष्ट्रपति किम इल सुङसित नेपाल पत्रकार संघका सभापति मञ्जु रत्न शाक्य र श्रीमती शुभलक्ष्मी शाक्यले १९ जुन १९७९ का दिन प्योङयाङमा शिष्टाचार भेटघाट गर्ने सुअवसर पाउनु भएको थियो । साथै, सो अवसरमा राष्ट्रपति किम इल सुङसित सभापति शाक्यले प्रत्यक्ष अन्तर्वार्ता लिने सुअवसर पाउनु भएको थियो ।
सभापति शाक्यको प्र.ज.ग. कोरियाको यो औपचारिक आठौं भ्रमण हो ।
प्र.ज.ग. कोरियाका राष्ट्रपति महान नेता किम इल सुङद्वारा प्रतिपादित जुचे विचारधारा अन्तर्गत महान नेता किम जोङ इलको सुयोग्य नेतृत्वमा प्र.ज.ग. कोरियाले विभिन्न क्षेत्रहरूमा चौतर्फी विकास गरिरहेको छ । महान नेता किम जोङ इल र युवा नेता किम जोङ उन जस्ता नेताहरू पाएर सम्पूर्ण कोरियाली जनता भाग्यमानी भएका छन् ।

प्र.ज.ग. कोरियामा कुनै पनि राजनीतिक समस्या नभएको हुंदा नै कोरियाली जनता स्वर्गमा जस्तै बसिरहेका छन् ।
कोरियामा पूर्ण मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रता रहेको कुरा पनि सभापति शाक्यले बताउनु भएको छ । साथै, समस्त कोरियाली जनताको जीवनस्तर ज्यादै उच्च रहेको र देशको स्वाधिनता, सार्वभौमिकता र अखण्डता कायम गर्न सम्पूर्ण कोरियाली जनता दत्तचित्त भै क्रियाशील रहेको कुरा पनि सभापति शाक्यले बताउनु भएको छ ।
 

News

Post navigation

Previous post
Next post

Recent Article

  • May 16, 2020 The Great Juche Idea & Songun Policy
  • March 14, 2020 On the occasion of Pakistan National Day (23rd March 2020)
  • October 11, 2019 Nepal-China Relations: Cordial and Exemplary:
  • March 16, 2019 Medical Camp boosts Nepal-Pakistan ties
  • September 26, 2017 Nepal-China ties going strength to strength
  • May 5, 2017 Speech of Dr. Manju Ratna Sakya at Pyongyang
  • March 25, 2017 On the occasion of Pakistan Day ( 23rd March 2017)
  • December 22, 2016 On the auspicious occasion of the 69th Anniversary of the Independence Day of the Republic of the Union of Myanmar Myanmar: A Lovely and Beautiful Country
©2025 Nepal journalists Association (NJA) | WordPress Theme by SuperbThemes